३ अप्रिल २०१५, बोखुम, जर्मनी। अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) को तेस्रो यूरोपेली क्षेत्रिय बैठक उक्त संस्थाका यूरोप संयोजक अर्जुन काफ्लेको सभापतित्व, एन आर एन ए (आईसिसि) का प्रमुख संरक्षक राम प्रताप थापाको प्रमुख आथित्य र  एन आर एन ए (आईसिसि) यूरोप संयोजक अर्जुन कुमार श्रेष्ठको बिषेश आथित्यमा सफलताका साथ सम्पन्न भयो। उक्त कार्यक्रममा इनासका ग्लोबल अध्यक्ष पुष्प बरुवाल र एन आर एन ए जर्मनीका निवर्तमान अध्यक्ष पुष्प थापाको बिषेश उपस्थिति रहयो। आजको यूरोपेली क्षेत्रिय बैठकमा इनासका बिभिन्न देशका कमिटिहरुले प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा इनास जर्मनीका अध्यक्ष सन्तोषराज गुरुङको नेतृत्वमा स्थानिय संगीत समुह “शान्ति पथ म्यूजिक पोजेक्ट” को मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति रहयो। कार्यक्रमको संचालन इनासका यूरोप सह-संयोजक गुणराज शर्माले गरेका थिए।

DSC_0796

 स्विट्जरल्याण्डबाट सहभागिता

कार्यक्रममा स्विट्जरल्याण्डबाट एन आर एन ए स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठ, बासेल समाजका अध्यक्ष सन्तोष राई, एन आर एन ए स्विट्जरल्याण्डका युवा संयोजक शुक्र श्रेष्ठ र स्विट्जरल्याण्डका परिचित गायक सुभाष सुन्दासको उपस्थिति रहयो। गायक सुन्दासको ४ अप्रिल २०१५ बोखुममा आयोजना हुने इनासको कार्यक्रममा सांगीतिक प्रस्तुति रहने जानकारीमा आएको छ।

 इनासको यूरोपेली नृत्य प्रतियोगीता

इनासको परम्परा अनुसार यूरोपेली नृत्य प्रतियोगीताको पूर्व सन्ध्यामा सम्पन्न यो कार्यक्रममा ४ अप्रिल २०१५ को बोखुममा हुने उक्त प्रतियोगिताको सम्बन्धमा पनि छलफल भएको थियो। उक्त कार्यक्रममा यूरोप निवासी नेपाली कलाकारहरुको नृत्य एवं सांगीतिक प्रस्तुति रहने छ। नेपाल स्वीस डट कम ले उक्त कार्यक्रम ४ अप्रिल २०१५ दिन को ठिक २ बजे आफ्नो वेब साइट www.nepalswiss.com मा प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

बोखुमबाट हिरालाल श्रेष्ठ एवं नेपाल स्वीस डट कम परिवार

DSC_0862

 

इनासको यूरोपेली क्षेत्रिय बैठक सम्पन्न

0
Slider with alias INAS-Europe not found. There is nothing to show here!
Share.

Leave A Reply